नियम ८
पदपूर्ति समिति
(१) नेपाली सेनामा रिक्त रहेको विभिन्न पदहरूको खुला तथा आन्तरिक प्रतियोगिताद्वारा छनौट गरी नियुक्तिको लागि सिफारिस गर्न देहाय वमोजिमको पदपूर्ति समिति रहनेछः-
(क) लोक सेवा आयोगको अध्यक्ष वा आयोगले तोकेकोसो आयोगका सदस्य – अध्यक्ष
(ख) मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत – सदस्य
(ग) कार्यरथी – सदस्य
(घ) प्रधान सेनापतिले तोकेको सम्बन्धित विषयको बिशेषज्ञ एक जना – सदस्य
(ङ) भर्ना छनौट निर्देशनालयको निर्देशक – सदस्य–सचिव
(२) पदपूर्ति समितिले निर्धारित प्रक्रियाका आधारमा उपयुक्त उम्मेदवारको छनौट गरी नियुक्तिको लागि नियुक्ति गर्ने अधिकारी समक्ष सिफारिस गर्नेछ । यसरी छनौट गर्ने क्रममा उपनियम (१) बमोजिमको समितिले अधिकृत क्याडेट भन्दा तल्लो दर्जामा निर्धारित प्रक्रियाका आधारमा उपयुक्त उम्मेदवारको छनौट गरी नियुक्तिको लागि नियुक्ति गर्ने अधिकारी समक्ष सिफारिस गर्न लोक सेवा आयोग र मन्त्रालयको प्रतिनिधि समेत रहने गरी बढीमा पाँच सदस्यीय छुट्टाछुट्टै समिति गठन गरी अधिकार सुम्पन सक्नेछ ।